पोखरामा फेरि एटीएम फुटाउने प्रयास, १ जना पक्राउ

 असोज ४, २०७९ मंगलबार १७:१९:५५ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल तस्बिर

कास्की – पाेखरा लेकसाइडकाे बाराही चोकमा रहेको एनएमबी बैंकको एटीएम मेशिन फुटाउने प्रयास गरेको आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । एटीएम फुटाउन खोजिरहेको अवस्थामा धादिङ घर भएका मनोज कुमाललाई पक्राउ गरेको हो ।

सोमवार राति एटीएम फोराेर पैसा निकाल्ने प्रयास गर्दै गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो । उनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिनुभयाे । प्रहरीले उनको साथबाट खुकुरी बरामद गरेको छ । 

पोखरामा पछिल्लो समय निरन्तर एटीएम फुटाउने प्रयास भइरहेकाे डीएसपी तिवारीले बताउनुभयाे । यसअघि लेखनाथकाे एक एटीएम फाेरेर झन्डै १४ लाख रुपैयाँ चोरी भएको थियाे । प्रहरीले त्याे घटनामा एक जनालाई पक्राउ गरेकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया