रुसमा सेना परिचालनपछि देश छोड्न बाध्य नागरिकलाई जर्मनीले शरण दिने

 असोज ७, २०७९ शुक्रबार १०:५७:२९ | एजेन्सी
unn.prixa.net

रुसमा सेना परिचालनपछि देश छोड्न बाध्य नागरिकलाई जर्मनीले शरण दिने भएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा भएको आंशिक सेना परिचालनका क्रममा मानिसहरू रूसबाट पलायन हुन थालेका छन् । जर्मनीले ती नागरिकलाई आफ्नो देशमा शरण दिने जनाएको समाचार संस्था एएफपीले जनाएको छ ।

रूसी नागरिकले शरण मागेमा अन्तर्राष्ट्रिय नियम अनुसार जर्मनीमा सुरक्षा प्राप्त गर्न सक्ने गृहमन्त्री न्यान्सी फेसरले बताउनुभएको छ । युक्रेनमा आक्रमण गरिरहेको रुसले बुधवार सेना परिचालनको निर्णय गरेको थियो । रुसी रक्षा–मन्त्री सर्गेइ शोइगुले युक्रेनसँगको युद्धका क्रममा अहिलेसम्म झन्डै ६ हजार रूसी सैनिक मारिएको समेत बताउनुभएको छ ।

सात महिना लामो विशेष सैन्य अभियानमा रुसले ५ हजार ९ सय ३७ जना सैनिक गुमाएको उहाँको दाबी छ । गएको अगस्टमा अमेरिकी रक्षा मन्त्रालयले युक्रेनसँगको युद्धमा रुसी पक्षका झण्डै ७० देखि ८० हजार सैनिक मारिएका वा घाइते भएका प्रक्षेपण गरेको थियो । तर अहिले रुसले सार्वजनिक गरेको सैन्य हताहतीको सङ्ख्या अमेरिकी रक्षा मन्त्रालयको प्रक्षेपणभन्दा निकै कम छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया