आज विश्व खाद्य स्वच्छता दिवस : अस्वस्थकर एवम् दूषित खाद्य पदार्थबा...
जेठ २४, २०८० बुधबार
काठमाण्डाै - काठमाण्डौको भृकुटीमण्डपमा चारदिनसम्म चलेको विद्युतीय गाडीको मेला हिजोदेखि सकिएको छ ।
मेला ४० हजार जनाले अवलोकन गरेका र विद्युतीय गाडीमा धेरैको आकर्षण देखिएको आयोजक अटोमोबाइल्स एसाेसिएशन अफ नेपाल नाडाले जनाएको छ । मेलामा सबैभन्दा बढी टाटाको नेक्सन ईभी बुकिङ भएको छ । नेक्सन ईभी मात्रै १ सय ३० वटा बुकिङ भएको हो ।
टाटापछि हुन्डाईको विद्युतीय गाडी धेरै बुकिङ भएको छ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा प्रतिबन्ध लगाएपछि नाडाले विद्युतीय गाडीको प्रदर्शनीको आयोजना गरेको हो । मेलामा ९ वटा ब्रान्डका विद्युतीय कार र १६ वटा ब्रान्डका विद्युतीय स्कुटर तथा बाइक राखिएकाे थियाे ।
बिक्रेताहरुले विद्युतीय गाडी बुकिङ गर्दा विभिन्न नगद छुटसहित आकर्षक अफरहरु समेत ल्याएका थिए । मेलामा ३० लाखदेखि २ करोड ४० लाख रुपैयाँसम्म पर्ने विद्युतीय गाडी र ६ लाख रुपैयाँसम्म पर्ने स्कुटर तथा बाइकहरु राखिएको थियो ।