अमेरिकाका गोप्य दस्तावेज लिक गरेका स्नाेडेनलाई रुसले नागरिकता दिँदै

 असोज ११, २०७९ मंगलबार १०:१९:२३ | एजेन्सी
unn.prixa.net

अमेरिकाका गोप्य दस्तावेजहरु सार्वजनिक गरेको आरोप खेप्दै आएका एडवर्ड स्नोडेनलाई रुसले नागरिकता दिने भएको छ । स्नोडेनलाई रुसको नागरिकता दिन राष्ट्रपति भ्लादिमिर पुटिनले निर्देशन दिइसकेको बीबीसीले जनाएको छ ।

स्नोडेनले सन् २०१३ मा गोप्य सरकारी दस्तावेज लिक गरेका थिए । ती दस्तावेजहरुमा अमेरिकाका गुप्तचरहरुले अन्तर्राष्ट्रियस्तरमा कसरी निगरानी गरिरहेका छन् भन्ने उल्लेख थियो । स्नोडेनलाई रुसले सन् २०२० मा स्थायी निवासको अधिकार दिएको थियो । ३९ वर्षका एडवर्ड स्नोडेन अहिले रुसको राजधानी मस्कोमा बस्दै आएका छन् । स्नोडेन सन् २०१३ मा अमेरिकाबाट भागेर रुस पुगेका थिए । उनलाई अमेरिकाले फरार घोषणा गरिसकेको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया