रुसले युक्रेनका थप ४ वटा क्षेत्रलाई भोलि औपचारिकरूपमा आफ्नो देशमा गाभ्ने

 असोज १३, २०७९ बिहीबार १९:२५:५६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले युक्रेनका थप चार वटा क्षेत्रलाई भोलि शुक्रवार औपचारिकरूपमा आफ्नो देशमा गाभ्ने भएको छ । यसअघि जनमत सङ्ग्रह गरेर अनौपचारिक परिणाम घोषणा गरेको रुसले भोलि पूर्वका लुहान्स्क र डोनेट्स्क तथा दक्षिणका जापोरिज्जिया र खेरसनलाई आफ्नो देशमा गाभ्ने घोषणा गर्न लागेको बीबीसीले जनाएको छ ।

चार वटा क्षेत्र गाभ्ने घोषणामा राष्ट्रपति पुटिनले भोलि हस्ताक्षर गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले बताउनुभएको छ । रुसी समर्थित अधिकारीहरूले यसअघि पाँच दिने जनमत सङ्ग्रहबाट लगभग ९९ प्रतिशत नागरिकले रुसमा गाभिने पक्षमा मतदान गरेको दाबी गरेका थिए । गाभिन लागेका क्षेत्रले युक्रेनको १५ प्रतिशत भू–भाग ओगट्छन् ।

भोलि राष्ट्रपति कार्यालयमा हुने विशेष समारोहमा पुटिनले विशेष सम्बोधनसहित युक्रेनका चार वटा क्षेत्र गाभ्ने घोषणामा हस्ताक्षर गर्नुहुनेछ । बेलुकी साङ्गीतिक कार्यक्रमसहित कन्सर्टको आयोजना गरिएको खबरमा उल्लेख छ ।

जनमत सङ्ग्रह र युक्रेनका क्षेत्रलाई रुसमा गाभ्ने निर्णयको अन्तर्राष्ट्रिय समुदायको विशाल बहुमतले भने मान्यता दिएको छैन । अमेरिकाले जनमत सङ्ग्रहको कारण रुसमाथि प्रतिबन्ध लगाउने बताएको छ भने युरोपेली सदस्य राष्ट्रहरूले पनि आठौँ चरणको प्रतिबन्धबारे विचार गरिरहेका छन् ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • BISHU Bhandari

    Sept. 29, 2022, 7:35 p.m.

    विश्वको साम्राज्यवादी शक्ति अमेरिकालाई सबक सिकाउने र केही फटाहा राजनीति व्यक्तिका कारण गुमाउनु परेको आफ्नो देशको भुभाग फिर्ता गर्न सक्नु बहादुर रुसी राष्ट्रपतिको ऐतिहासिक कदम जुन सधैं स्वर्ण अक्षरमा लेखिनेछ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया