दशैँका अवसरमा व्यवसायीहरुद्वारा घोराही बजार झिलिमिली

 असोज १७, २०७९ सोमबार १४:६:१४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दशैँका बेला घर त सबैले सिंगारेकै हुन्छन् नै तर दाङका अवसरमा व्यवसायीहरुद्वारा घोराही बजार झिलिमिली बनाएका छन् ।

ग्राहकहरुलाई आकर्षित गर्न र दशैँको समयमा बजार क्षेत्रलाई सौन्दर्य प्रदान गर्न बजार नै सिंगारेर झिलिमिली बनाइएको घोराहीका व्यवसायीहरु बताउँछन् ।

घोराही बजारको निमाहल रोड सिंगारेसँगै व्यापार पनि बढेको त्यस क्षेत्रका व्यवसायीहरु बताउँछन् । बजार सिंगारेपछि दशैँका लागि सामग्री खरिद गर्ने मात्र नभइ टिकटक बनाउनेहरु पनि त्यस क्षेत्रमा पुग्न थालेका छन् । घोराहीसँगै जिल्लाका अन्य बजारहरु पनि सि‌ंगार्न थालिएको छ ।

दाङका मुख्य बजार घोराही, तुलसिपुर, लमही छाडेर जिल्लाका उपभोक्ताहरु सामान खरिदका लागि भारतका बजारमा धेरै जाने गरेका कारण जिल्लामै रोक्नका पनि बजारलाई सि‌ंगार्नुपरेकाे व्यवसायीहरुको भनाइ छ । 

 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया