पशुपालनले दाङका किसानको राम्रो कमाइ

 असोज १७, २०७९ सोमबार १६:५३:३० | हेमराज शर्मा
unn.prixa.net

दाङ – पशुपालनबाट दाङका किसानले राम्रो कमाइ गर्न थालेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाङबाट खसी बोका खरिद गरी काठमाण्डौ पठाउन थालेपछि दाङका किसानले खसी बोकाको राम्रो मूल्य पाउन थालेका छन् ।

व्यापारीहरु घर घरमा पुगेर आफैँ मूल्य गरी किसानका खसी बोका खरिद गर्ने गरेकोमा अब भने आफूहरुले तोकेको मूल्यमा तौल गरेर मात्र बिक्री गर्ने गरेको किसानहरु बताउँछन् । तौल गरेर बिक्री गर्दा खसी बोकाको मूल्य राम्रो पाउने गरेको बाख्रा पालक किसानहरुको भनाइ छ ।

दशैँ सुरु भएसँगै दाङमा खसी बोकाको किनबेच बढेको छ । जिल्ला भित्रका आन्तरिक बजार तथा दशँैमा घर खर्चका लागि किनबेच हुँदै आएकोमा केही वर्षदेखी सरकारले पनि दाङबाट खसी बोका खरिद गर्न थालेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङबाट खरिद गरिएका खसी बोका काठमाण्डौ पठाउने गरेको छ । कार्यलयले यस वर्ष २५ किलोसम्मका खसीबोका प्रतिकिलो ५ सय ६० रुपैयाँ र २५ किलो देखिमाथिका प्रति किलो ५ सय ७० रुपैयाँका दरले किसानसँग खरिद गरेको हो ।

सरकारले काठमाण्डौका लागि खसी बोका खरिद गर्न थालेपछि आफूहरुले पनि उचित मूल्य पाउन थालेको किसानहरु बताउँछन् । पहिले अनुमानका आधारमा मौखिक सहमति गरेर मूल्य कायम हुँदै आएकोमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गाउँमै पुगेर तौल गरेर खरिद गर्न थालेपछि किसानहरु ठगिनबाट बचेको बाख्रा पालक किसानहरु बताउँछन् ।

अहिले दाङका बाख्रापालन गर्ने क्षेत्रमा यसैगरी तौल गरेर मात्र खसी बोका खरिद बिक्री हुने गरेका छन् । खसी बोकाले राम्रो मूल्य पाउन थालेपछि घरायसी प्रयोजनका लागि बाख्रा पाल्ने किसानहरु पनि व्यावसायिक बन्न थालेका छन् ।

 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया