स्याङ्जामा बस र मोटरसाइकल ठोक्किँदा १ जना घाइते, थप उपचारका लागि पाेखरा पठाइयाे

 असोज १९, २०७९ बुधबार १७:१७:२८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको वालिङमा बस र मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । 

पोखराबाट लुम्बिनीका लागि छुटेको प्रदेश नं ३ ०१–००१ प १५८१ नम्बरको बस र गल्याङबाट वालिङका लागि छुटेको लु ७७ प ८८४३ नम्बरको मोटरसाइकल सिद्धार्थ राजमार्गको वालिङ नगरपालिका १० को आम्बाेटमा ठोकिएकाे हाे ।

दुर्घटनामा मोटरसाइकल चालक गल्याङ नगरपालिका ८ का २७ वर्षीय सरोज उपाध्याय गम्भीर घाइते भएका वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । उपाध्यायको टाउको र हातमा गम्भीर चोट लागेको र थप उपचारका लागि पोखरा पठाइएको प्रहरीको भनाइ छ । 

यसैबीच अविरल वर्षाका कारण ग्रामीण सडकमा पहिराे खस्ने र केही ठाउँका सडक नै बन्द भएपछि दशैँकाे टीका थाप्न जानेहरू समस्यामा परेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया