गुल्मीमा खोलाले बगाएर एक महिलाको ज्यान गयो

 असोज २०, २०७९ बिहिबार ९:१९:११ | जनार्दन घिमिरे
unn.prixa.net

 गुल्मी – खोला तर्ने क्रममा गुल्मीमा एक महिलाको ज्यान गएको छ । 

गुल्मी धुर्कोट गाउँपालिका–५ बस्तुकी ४१ वर्षीया लक्ष्मी कुँवरको हिजो बेलुका खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक श्यामप्रकाश यादवले जानकारी दिनु भएको छ ।

घरबाट टीका थाप्नका लागि धुर्कोट गाउँपालिका–२ माईतीघर पिपलधारा जाने क्रममा स्थानीय अरौँदी खोलाले बगाउँदा कुँवरको ज्यान गएको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया