दाङ, प्यूठान र नवलपरासीमा ठूलो वर्षा : दिउँसोसम्म सर्तकता अपनाउन आग्रह

 असोज २१, २०७९ शुक्रबार १०:३५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – पश्चिम राप्ती जलाधारको दाङको लालमटीया, भालुबाङ, लमही, रातामाटा, प्यूठानको स्वर्गद्वारी, हंसपुर र आसपासमा ठूलो पानी परेको छ ।

राप्तीका साना नदी, दाङ र प्यूठानको खहरे खोलामा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै नवलपरासीको बर्दघाट, डण्डा बजारसहित धेरै ठाउँमा भारी वर्षा मापन भएको छ । ती क्षेत्रमा थप पानी पर्न सक्ने सम्भावना छ ।

अरूण खोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने भएकाले दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया