वालिङका ५ घर जोखिममा : प्लाष्टिक लगाएर पानी तर्काउने प्रयास

 असोज २१, २०७९ शुक्रबार ११:२:३५ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – पहिरो खसेपछि स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर–१३ बायँटारी ठूलाखेतका ५ घर जोखिममा परेका छन् ।

घरअगाडि पहिरो खसेका कारण ती घर उच्च जोखिममा परेका हुन् । 

वालिङ नगरपालिका–१३ बायँटारीका धनबहादुर डाला, पृथलाल गुरुङ, हाइमाया गुरुङ र इन्द्रबहादुर सार्कीलगायतको घरअगाडि पहिरो खसेको वडाअध्यक्ष नमलाल डुम्रेले जानकारी दिनुभयो ।

जोखिममा रहेका घरका परिवारलाई अन्त व्यवस्थापन गरिएको छ । तत्काललाई जोखिम कम गर्नका लागि प्लाष्टिकले पानी तर्काउने काम गरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया