पहिराेले घर बगाउँदा प्युठानमा ६ जना बेपत्ता

 असोज २१, २०७९ शुक्रबार १६:२०:३६ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ – प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका ४ फरन्डीमा दिउँसाे १२ बजेतिर आएकाे पहिराेले बमबहादुर बुढा मगरको घर बगाउँदा ६ जना बेपत्ता भएका वडाध्यक्ष डिलबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

पहिरोमा बमबहादुरसहित उहाँकी श्रीमती, बुहारी र तीन जना बालबालिका बेपत्ता भएकाे वडाध्यक्ष घर्ती मगरले बताउनुभयो । 

पहिराे गएकाे ठाउँ नजिकै रहेका तीन घर परिवारलाई अन्यत्र सारिएको छ । सडक बन्द भएका कारण पहिराे गएका ठाउँमा झन्डै तीन घण्टासम्म पनि उद्धार टाेली घटनास्थल पुग्न नसकेको प्युठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।

सडक बन्द भएका कारण उद्धारका लागि तयारी अवस्थामा रहेको नेपाल आर्मी, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली बीच बाटोमै रोकिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया