पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङमा गएकाे पहिराे हटाइँदै (तस्बिरसहित)

 असोज २२, २०७९ शनिबार १३:५३:६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - पहिराेका कारण अवरुद्ध पूर्व-पश्चिम राजमार्गकाे दाङखण्ड खुलाउने प्रयास भइरहेकाे छ । लगातारकाे वर्षापछि पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङका विभिन्न ठाउँमा गएकाे पहिराे हटाउने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे हाे । 

यस्तै अवरुद्ध रहेकाे लमही‍-घोराही सडक खण्डकाे पहिरो हटाएर खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएकाे छ । 

याे सडक खण्ड हिजाे शुक्रवारदेखि बन्द रहेको छ ।

आज बिहान ६ बजेदेखि दिउँसोको १२ बजेसम्ममा पाँच वटा पहिरो हटाइएको रणसिंह दल गणका गणपति प्रमुख सेनानी रविन्द्र महर्जनले जानकारी दिनुभयो ।

महर्जनका अनुसार घोराही र लमहीबाट करिब ३०/३० जना गरी करिब ६० जना नेपाली सेना र एक्स्काभेटरको सहायतामा पहिरो हटाउने काम भइरहेकाे छ। यस सडक खण्ड सञ्चालनमा आउन अझै १/२ घण्टा लाग्न सक्ने महर्जनले बताउनुभयो ।

दाङकै कालाकाटेमा झरेको पहिरो हटाएर एकतर्फी गाडी सञ्चालनमा आएकाे तर कपिलवस्तुको जङ्गलमा झरेको पहिरो भने हटाउन बाँकी रहेकाे उहाँले बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया