पूर्व–पश्चिम राजमार्गलगायत दाङका सबै सडक एकतर्फी खुले

 असोज २२, २०७९ शनिबार १७:५६:१२ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ - पहिरोका कारण दुई दिनदेखि बन्द पूर्व–पश्चिम राजमार्गको दाङ खण्डलगायत दाङका सबै सडक एकतर्फी खुलेका छन्।

गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटमा भालुवाङ सडक खण्ड, लमही–घोराही सडक खण्ड, अमिलिया–लमही सडक खण्ड, भालुवाङदेखि प्युठान जोड्ने सडक खण्ड एकतर्फी सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यस्तै शहीद मार्ग अन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक खण्ड पनि सञ्चालन भएको छ । दाङको सदरमुकाम लमही प्रवेश गर्ने मुख्य सडक लमही–घोराही सडक खण्ड पनि केहीबेर अघिदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

सडक खण्डको ठाउँठाउँमा लेदोसहितको पहिरो झरेर दुई दिनदेखि सडक बन्द थिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको लामो प्रयासपछि पहिरो हटाइएको हो ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया