जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
धादिङ - पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ सुत्केरी ढुङ्गानजिकै कारले ठक्कर दिँदा एक महिलाकाे ज्यान गएकाे छ ।
मुग्लिनबाट काठमाण्डौका लागि छुटेकाे बा १८ च ४९३५ नम्बरको कारले सडक किनारामा हिँडिरहेकी ५१ वर्षीया दिनामायाँ आचार्यलाई ठक्कर दिएकाे हाे ।
कारकाे ठक्करपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँकाे बाटैमा ज्यान गएकाे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।