डडेलधुरा, कैलाली र कञ्चनपुरमा बिहानदेखि दिउँसोसम्मै भारी वर्षा, बाढीको चेतावनी

 असोज २३, २०७९ आइतबार ८:३९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुदूरपश्चिमका तीन वटा जिल्लामा भारी वर्षा भइरहेको छ । डडेलधुरा, कैलाली र कञ्चनपुरका धेरैजसो ठाउँमा गएरातिदेखि नै ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो १२ बजेसम्म नै ठूलो पानी नरोकिने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेकाे छ । कान्द्रा, मोहना, खुटिया, सुहेली, चौधर, रङ्गुन र पन्टुरा लगायतका खोला, खहरे र ठूला नदीमा पनि आकस्मिक रुपमा ठूलो बाढी आउन सक्ने भएकाले दिउँसोसम्म नै चनाखो रहन शाखाले आग्रह गरेको हो ।

लगातार ठूलो पानी परेका होँचा ठाउँका मानिसलाई अग्लो ठाउँमा जान सुझाव दिइएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा आज दिउँसो र राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ । भोलि रातिदेखि भने मौसम खुल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी र मध्य क्षेत्रमा भने मौसम खुलिसकेको छ । तर दिउँसो र बेलुकीपख भने सामान्य पानी पर्ने सम्भावना छ ।

यसैबीच, आउँदो शनिवार वा आइतवारदेखि नेपालबाट मनसुन बाहिरिने भएको छ । नेपालमा मनसुन बाहिरिने औसत समय अक्टोबर २ तारिख अर्थात अघिल्लो हप्ता नै भए पनि यो वर्ष दुई हप्ता ढिलो गरेर मनसुन बाहिरिने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । तर मनसुन रहे पनि पर्सि मङ्गलवारदेखि नै देशभरको मौसम सुधार हुने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया