दाङ १ काे (२) मा खुमबहादुर खड्काका छाेरालाई प्रदेश सभाकाे टिकट

 असोज २३, २०७९ आइतबार १४:२२:२९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नेपाली का‌ंग्रेसले दाङको निर्वाचन क्षेत्र नम्बर १ को (२) मा २८ वर्षीय अनुराग खड्कालाई प्रदेश सभा सदस्य पदको उम्मेदवार बनाएको छ । अनुराग स्व. नेता खुमबहादुर खड्काका छाेरा हुन् । टिकट पाएपछि अनुरागले आफूजस्ता युवालाई टिकट दिलाउन भूमिका खेल्ने सबै अग्रज नेता तथा समर्थकलाई धन्यवाद दिनुभयो ।

टिकटका लागि पार्टीभित्र आन्तरिक दौडधुप भए पनि पार्टीले टिकट दिएपछि सबै मिलेर जाने र गठबन्धनको पक्षमा माहोल बनाउन जुट्न जरुरी रहेको अनुरागले बताउनुभयो ।

अनुराग पार्टीको २०७८ साल मङ्सिर ४ गते भएको अधिवेशनमा दाङ निर्वाचन क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक बढी मत प्राप्त गरी निर्वाचित हुनुभएकाे थियाे । उहाँ जिल्लाकै सबैभन्दा कान्छाे केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।

स्व. नेता खुमबहादुर खड्काका एक्ला छोरा अनुरागले बेलायतबाट स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएकाे छ । बुवाको अवशानपछि उहाँ राजनीतिमा सक्रिय हुनुभएकाे हाे ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया