दाङमा कारले ठक्कर दिँदा एक महिलाकाे ज्यान गयाे

 असोज २४, २०७९ सोमबार १३:२३:२३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - कारको ठक्करबाट दाङको घोराहीमा एक जना महिलाको ज्यान गएको छ।

घोराही उपमहानगरपालिका वडा नं १० चारबगियाकी ७५बर्षीया कुँवारी उपाध्यायको बा २५८० च नम्बरको कारको ठक्करबाट ज्यान  गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गम्भीर घाइते उपाध्यायलाई घोराहीस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

दाङको  हापुरदेखि नारायणपुर तर्फ आउँदै गरेको उक्त कारले पैदल हिडिरही उपाध्यायलाई ठक्कर दिएको थियो । चालक र कार प्रहरी नियन्त्रणमा रहेका छन् । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया