दाङमा बाढी–पहिराेमा परेर १ जनाकाे ज्यान गयाे, २ जना बेपत्ता

 असोज २४, २०७९ सोमबार १८:५:११ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङकाे बंगलाचुली गाउँपालिकामा लगातारकाे वर्षापछि आएकाे बाढी र पहिराेमा परेर एक जनाको ज्यान गएको छ । यस्तै दुई जना बेपत्ता भएका छन् । 

अर्जुन खाेलाले बगाउँदा बंगलाचुली गाउँपालिका ६ दारेगौडाका ५७ वर्षीय डम्बरबहादुर विककाे ज्यान गएको हाे । खाेलाले बगाउँदा बंगलाचुली ५ जहरेकी पार्वती नेपाली बेपत्ता हुनुभएकाे छ । यस्तै पहिराेमा परेर बंगलाचुली ४ गहतेराकी हिरा नेपाली बेपत्ता हुनुभएकाे बंगलाचुली गाउपालिकाका प्रेस संयोजक जीवन नेपालीले जानकारी दिनुभयो । याे घटना दुई दिनअघिकाे भएकाे भए पनि विकट पहाडी बस्तीमा गाउँपालिकाको टोली लगत सङ्कलनका क्रममा आज साेमवार पुग्दा घटना पत्ता लागेको प्रेस संयोजक नेपालीले बताउनुभयो । 

वर्षाका कारण ठाउँ–ठाउँमा पहिराे जाँदा बंगलाचुलीकाे आठ वटै वडामा रहेका दर्जनौँ सडकमा अवराेध पुगेकाे छ । यस्तै गाउँपालिकामा रहेका दर्जनौँ विद्यालयका भवनमा क्षति पुगेको छ । वर्षाले पानीका मुहान पुरिँदा स्थानीयलाई पानी पिउन समस्या भएको, दर्जनौँ बस्ती पहिरोको उच्च जोखिममा रहेका गाउँपालिकाले जनाएको छ । बाढी र पहिराेका कारण घर भत्किएपछि स्थानीयहरू आफन्तकाेमा र सार्वजनिक ठाउँमा आश्रय लिएर बसिरहेका छन् । 

विपदकाे समयमा स्थानीय सरकारको अनुभूति हुने गरी आफूहरू पीडितकाे अवस्थाको विवरण सङ्कलन गर्ने काममा दिन/रात खटिरहेको बंगलाचुलीका अध्यक्ष तुल्सीराम पुनले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीले पीडितलाई उद्धार गरेर सुरक्षित ठाउँमा लैजानु पालिकाकाे पहिलाे प्राथमिकता भएकाे भन्दै त्यहीअनुसार काम गरिरहेकाे बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया