पुरुष भलिबलमा एपीएफलाई स्वर्ण

 कात्तिक ३, २०७९ बिहिबार १५:१७:२७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलकाे एपीएफले स्वर्ण पदक जितेको छ । 

पोखरा रङ्गशालामा आज बिहीवार भएकाे खेलमा आर्मीलाई सोझो सेटमा हराउँदै एपीएफले स्वर्ण जितेकाे हाे । एपीएफले आर्मीलाई २५–२१, २७–२५ र २६–२४ काे सेटमा हराएकाे हाे ।

आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई हराएकाे थियो भने एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो । एपीएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो । यसअघि छैटौँ राष्ट्रिय खेलकुदमा एपीएफले स्वर्ण जितेको थियो । 

बिहीवार नै कास्य पदकका लागि भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई २६–२४, २५–१४ र २५–१८ काे साेझाे सेटमा हरायाे । 

भलिबलमा प्रतियाेगितामा तीन विभागीय, सात प्रदेश र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टिम सहभागी थिए ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया