नुवाकोटमा आगलागीबाट दुई करोड रुपैयाँभन्दा बढीको क्षति

 कात्तिक ७, २०७९ सोमबार ११:०:० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गएराति लागेको आगलागीबाट दुई करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको छ ।

आगलागीबाट तीन वटा घर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो ।

उहाँको अनुसार सत्तरीको डिल भन्ने ठाउँमा विजय थापाको फेन्सी पसलबाट लाग्न सुरु भएको आगो हरि थापाको किराना पसल र  विजय थापाको हार्डवेयर पसलमा समेत फैलिएर ती पसलमा रहेका सामग्री जलेर नष्ट भएका छन् ।

राति करिब पौने ९ बजेदेखि लाग्न सुरु गरेको आगो स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा विदुर नगरपालिकाको दमकलले पाँच घण्टापछि नियन्त्रणमा लिएको थियो ।

आगो लागेका तीन घरमा क्षति पुगे पनि ती घरसँगै जोडिएका अन्य घरलाई सुरक्षित बनाउन सकिएको प्रहरीले जनाएको छ ।

आगो लाग्नुको कारण नखुले पनि विद्युतीय गडबडी भएको हुनसक्ने विजय थापाले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया