काठमाण्डौको लोलाङ हाइटमा लागेको आगोबाट जुत्ता कारखाना, रेस्टुरेन्ट र वर्कसपमा क्षति

 कात्तिक ८, २०७९ मंगलबार ७:४५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको लोलाङ हाइटमा लागेको आगोबाट जुत्ता कारखाना, रेस्टुरेन्ट र वर्कसपमा क्षति पुगेको छ ।

काठमाण्डौको तारकेश्वर नगरपालिका वडा नम्बर–४ लोलाङ हाइटमा हिजो बेलुका भएको आगलागीबाट जुत्ता कारखानासहित जुत्ताको सोरुम, एउटा रेस्टुरेन्ट र मोटरसाइकल वर्कशपमा क्षति भएको हो ।

हिजो बेलुका लक्ष्मी पूजा गरेको केही बेरमै जुत्ता कारखानामा आगलागी भएको बालाजु प्रहरी वृत्तले जनाएको छ ।

स्थानीय बासिन्दा, प्रहरी र दुई वटा दमकलको सहयोगमा आगो हिजो नै निभाइएको थियो । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भैरहेको प्रहरी वृत्त बालाजुले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया