कालीकाेटमा विस्फाेटक वस्तु पड्किँदा एक बालिकाकाे ज्यान गयाे, चार जना बालबालिका घाइते

 कात्तिक १२, २०७९ शनिबार ११:५३:३९ | मनिराज पाण्डे
unn.prixa.net

फाइल तस्बिर

कालीकाेट - कालीकाेटमा विस्फाेट वस्तु पड्किँदा एक बालिकाकाे ज्यान गएकाे छ । चार जना बालबालिका घाइते भएका छन् । 

कालीकाेटकाे तिलागुफा नगरपालिका-१० रानाबाडामा विस्फाेट वस्तु पड्किँदा चार वर्षीया झरना थापाकाे ज्यान गएकाे हाे । 

यस्तै, तीन वर्षीया दर्शना राना, चार वर्षीया सरस्वती राना, पाँच वर्षीया मुस्कान राना र सात वर्षीय कमल थापा घाइते भएका हुन्। उनीहरु घर नजिकैकाे काेदाेबारीमा खेलिरहेकाे अवस्थामा विस्फाेटक वस्तु पड्किएकाे प्रहरी नायब उपरीक्षक डीएसपी जयश्वर रिमालले बताउनुभयाे। 

घाइते बालबालिकाहरुलाई जिल्लामा उपचार हुन नसक्ने भएपछि हेलिकप्टरमार्फत सुर्खेत लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया