भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता

 कात्तिक १२, २०७९ शनिबार १८:३१:२७ | मुना हमाल
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सुर्खेत – भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् । आज दिउँसो २ बजे बनभाेज खान गएका दुई जना भेरीगंगा नगरपालिका-२ सत्तरीमा पर्ने भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ  ।

दैलेखको भगवतीमाई गाउँपालिका ४ घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–३ बस्ने  १९ वर्षीय  छवि बुढा र वीरेन्दनगर ३ का १९ वर्षीय  दिपक थापा बेपत्ता भएका  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिनुभयाे । उहाँका अनुसार बेपत्ता भएकाहरुकाे  खोजी कार्य भइरहेको छ ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया