कैलालीकाे चौमाला बजारमा आगलागी हुँदा एक कराेड रुपैयाँ बराबरकाे क्षति

 कात्तिक १३, २०७९ आइतबार ९:३:१६ | रासस
unn.prixa.net

फाइल तस्बिर

कैलाली - कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारमा गए राति आगलागी हुँदा झण्डै एक करोड रुपैयाँ बराबरको सामान जलेर नष्ट भएकाे छ । 

आगलागीबाट चौमाला बजारका विष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा एक लाख ५० हजार, जयसिंह भण्डारीको किराना पसलमा १५ लाख, पारस सापकोटाको मोबाइल पसलमा १० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएकाे छ ।

यस्तै, हिमाल पुनमगरको मोबाइल पसलमा १२ लाख रुपैयाँ, छविलाल खनालको हार्डवेयर पसलमा ४५ लाख र टङ्कप्रसाद आचार्यको सुज सेन्टरमा ३० लाख रुपैयाँ बराबरकाे सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

हिमाल पुनमगरको मोबाइल ग्यालरी पसलमा हिजाे बेलुका अचानक विद्युतकाे लाइन चुहावट भइ लागेको आगो नजिकै रहेका अन्य पसलमा सल्केको थियो । आगलागीको घटनालगत्तै घटनास्थल पुगेको वनवेहँडामा रहेकाे सशस्त्र प्रहरीको रिजर्व गण, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियता तथा घोडाघोडी र गोदावरी नगरपालिकाको दमकलका सहायतामा झण्डै एक घण्टापछि आगो निभाइएको थियो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया