पोखरामा काैडा खेलिरहेका २३ जना ५ लाख रुपैयाँसहित पक्राउ

 कात्तिक १५, २०७९ मंगलबार ८:४९:८ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल तस्बिर

कास्की - पोखरा महानगरपालिका-३० शिसुवामा काैडा खेलिरहेकाे अवस्थामा २३ जना पक्राउ परेका छन् ।

स्थानीय यमुना पराजुलीको घरमा कौडा खेलिरहेका उनीहरुलाई ५ लाख ३१ हजार ९ सय ५० रुपैयाँसहित इलाका प्रहरी कार्यालय शिसुवाले पक्राउ गरेकाे हाे । 

उनीहरुबाट एक सेट कौडा पनि बरामद गरिएकाे कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे । 

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धानकाे प्रक्रिया अगाडि बढाइएकाे तिवारीले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया