रामेछाप : ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गयो, एकको अवस्था गम्भीर

 कात्तिक १९, २०७९ शनिबार १६:५८:२१ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – उमाकुण्ड गाउँपालिका–५ को  प्रितीमा ट्याक्टर पल्टदाँ ट्याक्टरमा सवार एक जनाको ज्यान गएको छ । 

लिखुको बेनीमेलामा गएर फर्किदै गरेको लु ३ त २४९९ नम्बरको ट्याक्टर साविकको प्रिती गाविसको संसारीडाँडा भन्ने ठाउँमा पल्टिँदा स्थानीय प्रेमबहादुर सुनुवारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 
घटनामा अन्य तीन जना  घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयाे ।

घाइतेमध्ये दुई जना स्थानीय प्राथामिक अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । यस्तै गम्भीर घाइते भएका व्यक्तिलाई उपचारको लागि काठमाण्डौ पठाउने तयारी भैरहेको छ । गम्भीर घाइते भएका व्यक्तिकाे परिचय खुलेकाे छैन ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया