रुख काट्ने क्रममा सङ्खुवासभामा १ जनाकाे ज्यान गयो

 कात्तिक २३, २०७९ बुधबार २०:२९:२४ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा रुख काट्ने क्रममा आज बुधवार एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा सभापोखरी–२ विप्लप गैरीगाउँका ४० वर्षीय खड्गबहादुर तामाङ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयाे । उहाँका अनुसार आज दिउँसो जङ्गलमा दाउराका लागि उत्तिसको रुख काट्ने क्रममा त्यही रुखले लागेर उहाँको ज्यान गएको हो । 

प्रहरी टोली घटनास्थलमा पुगि मुचुल्का तयार गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइँदै गरेको प्रहरीको भनाइ छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दुरीमा पर्छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया