माल्दिभ्सको राजधानी मालेमा भएको आगलागीमा ११ जनाको ज्यान गयो

 कात्तिक २४, २०७९ बिहिबार १४:२४:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

माल्दिभ्सको राजधानी मालेमा भएको आगलागीमा परि ११ जनाको ज्यान गएको छ । आगलागीमा केही घाइते भएका छन् ।

आप्रवासी कामदार बस्ने एक भवनमा भएको आगलागीबाट ११ जनाको ज्यान गएको समाचार संस्था एएफपीले जनाएको छ । ज्यान गुमाउनेमध्ये आठ जना भारतीय कामदार रहेका छन् ।

भवनको भुइँ तलामा रहेको गाडीको ग्यारेजबाट आगो लाग्न सुरु भएको खबरमा उल्लेख छ । आगो निभाउन चार घण्टा लागेका कारण मानवीय क्षति भएको दमकल विभागका एक अधिकारीले बताएका छन् ।

यसैबीच भारतीय उच्च आयोगले आफ्ना नागरिकको ज्यान गएकोमा दुःख व्यक्त गर्दै घाइतेको उपचार र अन्य जानकारीका लागि माल्दिभ्सका अधिकारीहरूसँग नजिकको सम्पर्कमा रहेको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया