सङ्घ र प्रदेश सरकारको नजर नपुगेको लिमी उपत्यका, बाटाे खन्न आफ...
असोज १२, २०८० शुक्रबार
काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदाे चुनाव देशलाई कता लैजाने भन्नेमा निर्भर रहेको बताउनुभएको छ । शनिवार चितवनमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट किन हटाउनुपरेको भन्नेकुरा सबैलाई थाहा भइसकेको भन्दै लोकतन्त्र, गणतन्त्रलाई स्थायी बनाउन आवश्यक भएकाले संविधानको रक्षा गर्न ओलीलाई सरकारबाट हटाएको बताउनु भयो ।
प्रधानमन्त्री देउवाले अहिले देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गर्नुका साथै समावेशी शासन व्यवस्था दिलाउनु जरुरी भएको बताउनु भयो । उहाँले आसन्न चुनावमा चितवनबाट गठबन्धनको जित हुनु आवश्यक रहेको बताउनु भयो ।
प्रधानमन्त्री देउवाले चितवनबाट नै पालिका चुनावमा पनि सत्तारुढ गठबन्धनले विजयी हासिल गरेको उल्लेख गर्दै प्रतिनिधि सभामा पनि जिताएर चितवनका नागरिकले गठबन्धनको जितको श्रेय लिनुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहँदा संविधानलाई मनलाग्दी रुपमा प्रयोग गरेर संसद् विघटन गरेको उल्लेख गर्दै कुनै पनि प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नरहेको उल्लेख गर्नुभयो।