पाँचथर : मतगणनास्थलमा तारजाली र सीसी क्यामेरा जडान

 मंसिर ३, २०७९ शनिबार ११:२:१७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - पाँचथरमा मतगणनास्थलमा सीसी क्यामेरा जडानसँगै तारजाली लगाउने काम सकिएको छ। सीसी क्यामेरा जडानसँगै तारजाली लगाउने र गणनास्थल फिदिममा रहेकाे जिल्ला समन्वय समिति अगाडिको कर्भड हल वरपर सुरक्षा प्रबन्ध मिलाउने काम सकिएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पाँचथरमा प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभा सदस्यका लागि दुई निर्वाचन क्षेत्र रहेको छ।  पाँचथरका सबै मतपेटिका कभर्ड हलमा राखेर त्यही हलमा तीन वटा समूहले गणना गर्नेगरी ठाउँको व्यवस्थापन गरिएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले बताउनुभयो ।

गणनास्थलमा तारजाली लगाउनका साथै सुरक्षा पोस्ट, मिडिया डेस्क र आवश्यक संरचना निर्माण गरिएको छ । जिल्लामा एक सय ३ वटा मतदानस्थल र एक सय ७७ वटा मतदानकेन्द्र ताेकिएकाे छ। जिल्लामा मतदान गराउन एक हजार ४ सय १२ कर्मचारी, म्यादीसहित तीन हजार सुरक्षाकर्मी परिचालन भएका छन्।
 

अन्तिम अपडेट: मंसिर २९, २०७९

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया