जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
पाँचथर – पाँचथरका तीन वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटिएका छन् ।
फिदिममा रहेकाे सुखबोध मावि जोरसालमा रहेको मतदान स्थलका तीनवटै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी, सहयोगी, सुरक्षाकर्मी र म्यादी प्रहरी महिला खटाइएको हो ।
प्रत्येक केन्द्रमा ८ जनाका दरले २४ जना कर्मचारी र ६ जनाका दरले १८ जना सुरक्षाकर्मी गरी कुल ४२ महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले बताउनुभयो ।
यसअघि गएकाे वैशाखमा सम्पन्न पालिका चुनावमा यहाँका तीन वटामध्ये एउटा केन्द्रको जिम्मेवारी महिलालाई दिइएको थियो । यस केन्द्रमा फिदिम नगरपालिका-४ का २ हजार ८ सय मतदाता छन् ।
योसँगै जिल्लाभर १६ जना महिलालाई मतदान अधिकृत र ४५ जनालाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।