रुक्मिणी मावि रुकुमकोटमा विवादका कारण मतदान रोकियो

 मंसिर ४, २०७९ आइतबार १५:३३:४५ | राजु लामिछाने
unn.prixa.net

रुकुम – रुकुमकाे रुक्मिणी मावि केन्द्रमा वारिसे मतदानमा विवाद उत्पन्न भएपछि मतदान रोकिएको छ । विवादपछि रुक्मिणी माविका तीन वटै मतदान केन्द्रमा मतदान रोकिएको हाे।

कुनै व्यक्तिले शारीरिक अस्वस्थताका कारण भोट हाल्न अर्कालाई दिएमा त्यस्तो भोट सम्बन्धित घरका व्यक्तिले मात्र हाल्न पाउने, यदि घरका व्यक्ति नभए मतदाताले इच्छाएको व्यक्तिले मतदान गर्न सक्ने निर्णय सर्वदलीय बैठकमा गरिएको थियो ।

तर दलका उम्मेदवार र प्रतिनिधिले त्यसमा विवाद गरेपछि मतदान रोकिएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो ।

मतदान रोकिएपछि रुक्मिणी माविमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पतपेटिकाको सुरक्षाको लागि प्रत्येक मतपेटिकामा सुरक्षाकर्मी राखिएको छ । मतदाताले मतदान सुरु गर्न दबाब दिइरहेका छन ।

अहिलेसम्म रुक्मिणि माविमा एक हजार एक सय ८९ मत खसेको छ । यस वडामा दुइ हजार एक सय ६१ मतदाता रहेका छन । पुनः मतदान सुरु गर्न सहमतिको प्रयास जारी छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया