जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
रुकुम पश्चिम – रुकुम पश्चिममा चुनावमा अवरोध गर्न खोजेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ परेका तीनैजना विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको बताइएको छ ।
पक्राउ पर्नेहरुमा पार्टीको जिल्ला कमिटि सदस्य महेश बस्नेत र राकेश विक, विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हरिबहादुर पुन रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले आठबिसकोटको वडा नम्बर ५, ११ र १३ मा रहेका मतदान केन्द्रमा मतपेटिका तोडफोड र मतपत्र च्यात्न खोजेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको बताउनुभयो ।
बस्नेतलाई वडा नम्बर ५ बाट, विकलाई वडा नम्बर ११ बाट र पुनलाई वडा नम्बर १३ बाट पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई निर्वाचन आयोगले नियामानुसार कारबाही प्रक्रिया अगाडि बढाउने प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।