धादिङमा मतदानका क्रममा विवाद हुँदा दुई जना घाइते

 मंसिर ४, २०७९ आइतबार १६:१४:३६ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङमा मतदानका क्रममा विवाद हुँदा दुई जना घाइते भएका छन् ।

धादिङको सिद्ध लेक ७ को महाकाली मावि मतदान केन्द्रमा गठबन्धन कार्यकर्ताको आक्रमणबाट दुइजना सामान्य घाइते भएका छन् ।

घाइते हुनेमा रुपक खतिवडा तथा रोषन गिरि रहेको जनाइएको छ । एक जना मतदाताको मत परिवारका मानिसले हाल्ने वा इच्छाएको व्यक्तिले हाल्ने भन्ने विषयमा विवाद हुँदा घटना हुन पुगेको थियो ।  

घटनापछि स्थिति सामान्य बनाउन सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया