पाँचथरमा झन्डै ५४ प्रतिशत मत खस्यो, मतपेटिका फिदिम ल्याइँदै

 मंसिर ४, २०७९ आइतबार १९:३८:२३ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – आज आइतवार भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा पाँचथरमा झन्डै ५४ प्रतिशत मत खसेको छ । 

जिल्लामा एक लाख ३८ हजार दुई सय ३२ मतदाता रहेकामा ७४ हजार आठ सय ९८ मत खसेको हो । यो ५३ दशमलव ९० प्रतिशत हो । 

अहिले मतपेटिका सदरमुकाम फिदिममा ल्याउने काम भइरहेकाे र मतपेटिका बुझिसकेपछि मतगणना सुरु गरिने प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया