संखुवासभामा ५० प्रतिशत मत खसेको अनुमान

 मंसिर ४, २०७९ आइतबार २०:२४:२७ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – आज सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा संखुवासभामा ५० प्रतिशत मत खसेको अनुमान गरिएको छ। 

भौगोलिक विकटताको कारण सबै केन्द्रका मतदान अधिकृतहरूसँग सम्पर्क हुन नसकेकाले तथ्याङ्कमा ढिलाइ भएको जिल्ला निर्वाचन अधिकारी रामेश्वर निरौलाले बताउनुभयो । उहाँले विकट क्षेत्रमा निरन्तर टेलिफोन सम्पर्क गर्न खोजे पनि हुन नसकिरहेको बताउनुभयो ।

खाँदबारी नगरपालिका ३ को मानेभञ्ज्याङ महेन्द्र मावि (ख) केन्द्रमा प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको मतपत्र राख्ने बाकसमा हालेपछि विवाद सिर्जना भएको थियो ।

प्रमुख जिल्ला अधिकारीलगायतको टोली र सरोकारवालाबीच छलफलपछि अगाडिदेखि मतदान गरेको  मतपेटिका नै सील गरी नयाँ मतपेटिका संचालन गर्ने सहमतिपछि पुनः मतदान सुरु भएको थियो ।

त्यसैगरी चैनपुर नगरपालिकाको सरस्वती मावि तल्लोभवनमा पनि त्यस्तै समस्या भएको थियो । त्यहाँ खसेको ४१ मत बदर गर्ने सहमतिपछि पुन मतदान सुचारू भएको थियो । अन्य ठाउँमा भने शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो ।

केही केन्द्रमा खसेको मतको संख्या आउने क्रम जारी रहेकाले समग्रमा ५० प्रतिशत भन्दा बढी मत खसेको अनुमान गरिएको जिल्ला निर्वाचन अधिकारी निरौलाको भनाइ छ । 

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन जिल्लाभरी शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले बताउनुभयो। मतगणनाको लागि जिल्ला समन्वय समितिको हलमा गणना गर्ने तयारी गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया