आईएमई पेबाट आईएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १ ह...
जेठ २४, २०८० बुधबार
लमजुङ – लमजुङमा ६० प्रतिशतभन्दा बढी मत खसेको छ । आज आइतवार भएको प्रतिनिधि तथा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत जिल्लाभर ६० दशमलव ५७ प्रतिशत मत खसेको अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख एवम् जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकामा ८० हजार नौ सय आठ मत खसेको छ । लमजुङमा एक प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा रहेको छ ।
अहिले जिल्ला समन्वय समितिको भवन बेसीसहरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भइरहेको जिल्ला निर्वाचन अधिकारी सापकोटाले बताउनुभयो ।
सबै ठाउँको मतपेटिका सङ्कलन भएपसछि भोलि सोमवार सर्वदलीय बैठक बसेर तत्कालै निर्णय गरी मतगणना सुरु गर्ने तयारी रहेको छ । ‘टाढा–टाढाबाट मतपेटिका ल्याउनुपर्ने हुन्छ । अहिले मतपेटिका सङ्कलन भइरहेको छ । आज रातिसम्ममा सबै केन्द्रबाट मतपेटिका सङ्कलन भइसक्छ,’ उहाँले भन्नुभयो ।
मतगणना स्थलमा घेराबार गरिनुका साथै सीसीटीभी क्यामेरासमेत जडान गरिएकाले जिल्लामा सुरक्षितरूपमा मतगणना हुने उहाँले बताउनुभयो ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।