जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
बर्दिया – बर्दिया क्षेत्र नम्बर २ मा आज साेमवार दिउँसाेदेखि प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ ।
अहिले बेलुका ६ बजेसम्म सात हजार आठ सय २७ मतगणना हुँदा स्वतन्त्र (चापकल नल्का) बाट लालवीर चौधरीले तीन हजार चार सय ३६ मतसहित अग्रता लिइरहनुभएकाे छ । उहाँलाई सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थले एक हजार नाै सय १० मतसहित पछ्याइ रहनुभएकाे छ ।
यसैगरी नेकपा एमालेका पंकजसिंह राठाैरले एक हजार दुई र राप्रपाका विनय रावलले छ सय ३७ मत प्राप्त गर्नुभएको छ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।