कैलाली क्षेत्र १, २, ३ मा नागरिक उन्मुक्ति र ४ मा एमाले अगाडि

 मंसिर ६, २०७९ मंगलबार ८:५८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - कैलाली जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीलाई अग्रता छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ चौधरीले चार हजार पाँच सय ७८ मत पाउनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका रामजनम चौधरीले तीन हजारसहित पछ्याइरहनुभएको छ ।

क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी एक हजार चारसय ८८ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई नेकपा माओवादी केन्द्रका भगत बडुवालले आठ सय ६६ मतसहित पछ्याइरहनुभएको छ ।

क्षेत्र ३ मा पनि नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै राखेको छ । यो पार्टीका गङ्गाराम चौधरीले १३ हजार आठसय ५८ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले ११ हजार एकसय ६२ मतसहित पछ्याइरहनुभएको छ ।

निर्वाचन क्षेत्र नं ४ मा  भने एमालेले अग्रता बनाएको छ । सुरुदेखि नेपाली कांग्रेसका वीरबहादुर बलायरलाई पछि पार्दै एमालेका लेखराज भट्टले झिनो मतले उछिन्नुभएको छ । कांग्रेसका बलायरले तीन हजार चारसय ७३ मत पाउँदा भट्टले तीन हजार चारसय ९४ मत पाउनुभएको छ ।

निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र) को मतगणना अहिले गाणना हुन बाँकी छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया