जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
बर्दिया - बर्दिया क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र (चापकल नल्का) बाट लालवीर चौधरी विजयी हुनुभएको छ । गठबन्धनबाट माओवादीका सुरेश पन्थलाई १३६ मतले पछि पार्दै स्वतन्त्रका चौधरी विजयी हुनुभएको हो ।
स्वतन्त्रबाट चुनाव चिन्ह (चापाकल नल्का) का लालवीर चौधरीले २६ हजार ५ सय २० मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादीका सुरेश पन्थले २६ हजार ३ सय ८४ मत प्राप्त गर्नुभएको छ ।
यसै गरी नेकपा एमालेका पंकजसिँह राठौरले १६ हजार ९० मत प्राप्त गर्नुभएको छ भने राप्रपाका विनय रावलले १३ हजार २ सय ९२ मत प्राप्त गर्नुभएको छ ।
विजयी चौधरी रेशम चाैधरीका बुवा हुनुहुन्छ । रेशमकाे उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिनुभएका लालवीर चौधरीलाई सहयोग गरेको हो ।
जेल जीवन बिताइरहेका रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार दिए पनि उम्मेदवारी खारेज हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आफ्नै बुवा लालवीर चौधरीलाई स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराइएको थियो ।
रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टी (ढकिया) ले स्वतन्त्रका उम्मेदवार चौधरीको चिन्ह (चापाकल नल्का) लाई समर्थन गरेको थियो ।
बर्दिया क्षेत्र नम्बर २ मा १ लाख ५२ हजार ६२ मतदाता रहेकोमा ९२ हजार ४ सय १९ मत खसेको थियो ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।