महोत्तरी-३ काे 'क' मा लाेसपाका अभिराम शर्मा र 'ख' मा रानी शर्मा तिवारी विजयी

 मंसिर ८, २०७९ बिहीबार ८:६:५७ | सुनिता महताे
unn.prixa.net

महोत्तरी - महोत्तरी क्षेत्र नं. ३ को 'क' मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अभिराम शर्मा र 'ख' रानी शर्मा तिवारी निर्वाचित हुनुभएकाे छ । 

क्षेत्रका प्रदेश नं. 'क' मा अभिराम शर्मा ९ हजार ८ सय ९२ मत ल्याएर विजयी हासिल गर्नु भएको हो । शर्माले आफना निकटतम् प्रतिस्पर्धी दिपेन्द्र झालाई पराजित गर्नु भएको हो । झाले ९ हजार ७ सय १८ मत हासिल गर्नुभएकाे छ । त्यस्तै, ४ हजार ३८ मत ल्याएर जनमत पार्टीका कुशेश्वर साहले तेस्रो स्थान हासिल गर्नु भएको हो ।

प्रदेशसभातर्फ त्यही निर्वाचन क्षेत्रका (ख) मा लोसपाका उम्मेदवार रानी शर्मा तिवारी ६ हजार ४ सय १४ मत ल्याएर विजयी हुनु भएको हो । उहाँ निकटतम् प्रतिस्पर्धी स्वतन्त्रका उज्वल कुमार झाले ५ हजार ४ सय ८९ मत हासिल गर्नुभएको छ । नेकपा एमालेका रामदयाल मण्डलले ४ हजार ५ सय ६७ मत हासिल गर्नु भएकाे छ । 

 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुनिता महताे

महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया