दाङ-३ (ख) मा नेकपा माओवादीका धनबहादुर मास्की विजयी

 मंसिर ८, २०७९ बिहिबार ९:९:२६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - प्रदेश सभातर्फ दाङ ३ (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर मास्की विजयी हुनुभएकाे छ।

मास्कीले २२ हजार ३ सय २१ मत प्राप्त गर्नु भएकाे हाे। उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले २० हजार १ सय ५८ मत प्राप्त गर्नु भएकाे हाे।

माओवादीका मास्कीले एमालेका बस्नेतलाई २ हजार १६३ मतान्तरले पराजित गर्नु भएकाे हाे।

तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपाल रावतले ३ हजार ४ सय १९ मत प्राप्त गर्नु भएकाे छ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया