जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
पाँचथर – प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको पाँचथरमा दुई वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन विजयी भएकाे छ ।
प्रदेश सभा (ख) बाट माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो विजयी हुनुभएको हो । उहाँले एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई पराजित गर्नुभयो । आङ्बोले १५ हजार ६७२ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका अइन्द्र सुन्दर नेम्बाङले १२ हजार ६०५ मत ल्याउनुभयो ।
यस्तै, जिल्लाको प्रदेश सभा (क) बाट पनि सत्ता गठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका राजकुमार भण्डारीलाई पराजित गर्नुभएको हो ।
जबेगुले १६ हजार ८ सय ३७ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका राजकुमार भण्डारीले १६ हजार २ सय ४ मत ल्याउनुभयो । जबेगुले भण्डारीलाई ६ सय ३३ मतले पराजित गर्नुभएको हो । प्रदेश सभातर्फ २ र प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको जिल्लामा अहिले प्रतिनिधि सभाको मत गणना भइरहेकाे छ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।