सुनसरी २ मा एमालेको अग्रता

 मंसिर ८, २०७९ बिहिबार १९:५८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

इटहरी – सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका भीम आचार्यले अग्रता बनाउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा ४२ हजार ४७४ मतगणना हुँदा एमालेका आचार्यले १२ हजार ५७५ मत प्राप्त गर्नुभएको हो । 

उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापाले पछ्याइरहनुभएको छ । थापाले ११ हजार ३१५ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कांग्रेस तेस्रो स्थानमा रहेको छ ।

कांग्रेसका सीताराम मेहताले १० हजार ९६ मत प्राप्त गर्नुभएको छ । यस्तै, राप्रपाका दिनेशकुमार बस्नेतले २ हजार ४३१ मत पाउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया