धादिङ १ मा राजेन्द्र पाण्डे विजयी, एमालेका त्रिपाठीले २७ हजार मत ल्याउँदा हिमेशलाई १२ हजार

 मंसिर ८, २०७९ बिहिबार २०:३०:१७ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।  

धादिङ १ मा नेकपा एसका उम्मेदवार राजेन्द्र पाण्डे ७ हजार ९ सय ८१ मतान्तरसहित विजयी हुनुभएकाे हाे । उहाँले ३५ हजार ९ सय ३४ मत प्राप्त गर्नुभयाे । उहाँकाे प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले २७ हजार ९ सय ५३ मत पाउनुभयाे । 

यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ४ सय ७५ मत प्राप्त गर्नुभयाे । धादिङ क्षेत्र नम्बर १ मा १ लाख ३२ हजार ३ सय ५४ मतदाता रहेकामा ८० हजार ६ सय १५ जनाले मतदान गरेका थिए । यसमा २ हजार ६ सय ३३ मत बदर भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया