चुनाव अवधिमा सम्प्रेषित १ सय ६६ सामग्री आचारसंहिता प्रतिकूल : प्रेस काउन्सिल

 मंसिर ८, २०७९ बिहिबार २०:५२:४८ | रासस
unn.prixa.net

काठमाण्डाै –  प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका क्रममा विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित एक सय ६६ सामग्री आचारसंहिता प्रतिकूल रहेको जनाएको छ ।

गएकाे असोज २८ गतेदेखि भएको विशेष अनुगमनका क्रममा छापामाध्यमका ४५, टेलिभिजनका आठ, रेडियोका २६ सामग्री र अनलाइनका ७८ वटा समाचार सामग्री आचारसंहिता विपरीत पाइएको काउन्सिलले जनाएको छ । सात वटा वेब पोर्टल, एक समाचार संस्था र एक सञ्चारमाध्यमको सामाजिक सञ्जालमा आचारसंहिता प्रतिकूल समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरेको पाइएको छ ।

याे अवधिमा २९ वटालाई निर्देशन, ५३ वटालाई ध्यानाकर्षण, ३१ वटालाई सचेत र २७ वटालाई स्पष्टीकरण सोधिएको काउन्सिलका सहप्रवक्ता एवं उपप्रशासकीय अधिकृत रामशरण बोहराले जानकारी दिनुभयो ।

अठार वटा सामग्रीका विषयमा मौखिक निर्देशन एवं ध्यानाकर्षण गराइएको र दर्ता÷सूचीकरण नभएका सात वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ ।

मौन अवधिमा ५१ सञ्चारमाध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाइएको छ । मतगणना चलिरहेको समयमा संयम रहन र आधिकारिक पुष्ट्याइँ गरेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गर्दै काउन्सिलले चुनाव सम्पन्न गर्न सञ्चारमाध्यमले निभाएको भूमिकाको प्रशंसा गरेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया