जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
रुकुम पश्चिम – रुकुम पश्चिम प्रदेशसभा (ख) मा माओवादी केन्द्रका राजकुमार शर्मा विजयी हुनुभएको छ । २९ हजार ३४५ सदर मतमध्ये शर्माले २० हजार १६० मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर घर्ती मगरले आठ हजार ८७ मत ल्याउनुभएको छ । १२ हजार ७३ मतान्तरले शर्मा विजयी हुनुभएको हो । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसीले एक हजार १०७ मत प्राप्त गर्नुभएको छ ।
वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार रहनुभएका प्रदेशसभा सदस्यमा विजयी शर्मा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य समेत हुनुहुन्छ ।