कास्की-३ 'ख' मा नेपाली कांग्रेसका प्रकाश बराल विजयी

 मंसिर ९, २०७९ शुक्रबार ६:२६:४२ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - कास्की ३ 'ख' प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश बराल विजयी हुनुभएकाे छ। उहाँ नेकपा एमालेका उम्मेदवार राजीव पहारीलाई ४ सय ६५ मतले पछि पार्दै विजयी  हुनुभएकाे हाे। 

बरालले १२ हजार ३ सय ६७ मत प्राप्त गर्दा पहारीले ११ हजार ९ सय २ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाका हरिराम भण्डारीले २ हजार ५ सय ६० मत प्राप्त गर्नुभयाे । यो क्षेत्रमा ४८ हजार ८ सय ५३ मतदाता रहेकोमा २८ हजार ७ सय ७९ मत खसेको थियो । त्यसमध्ये १ हजार ६६ मत बदर भएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया