जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
बर्दिया - बर्दिया क्षेत्र नम्बर १ को 'ख' बाट प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका राज कुमार चौधरी विजयी हुनुभएको छ ।
नेकपा एमालेका भक्त बहादुर विकलाई १ हजार ४७ मत अन्तरले हराउँदै चौधरी विजयी हुनुभएको हो।
राज कुमार चौधरीले १३ हजार २३० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका भक्त बहादुर विकले १२ हजार १८३ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, गठबन्धनबाट माओवादीका अञ्जु दहितले ११ हजार ४९० प्राप्त गर्नु भएको छ भने स्वतन्त्रका सुभाष पोखरेलले २ हजार ६२० मत ल्याउनुभएको छ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।